Section 27
पद रिक्त हुने
देहायको अवस्थामा विश्वविद्यालयका पदाधिकारीहरुको पद रिक्त भएको मानिनेछः–
(क) निजको मृत्यु भएमा ,
(ख) निजले नियुक्ति गर्ने अधिकारी समक्ष राजीनामा दिएमा,
(ग) निज नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा,
(घ) निजको मानसिक सन्तुलन ठीक नभएको प्रमाणित भएमा, वा
(ङ) निजलाई यस ऐन बमोजिम पदबाट हटाइएमा ।